धरान, चैत्र २२ गते । धरान कलेजरोड स्थित मेरिल्यान्ड स्कुलले आफ्नो स्थापनाको ३० आँै वार्सिकोत्सव फरक शैलीमा मनाएको छ । 

परम्परागत रुपमा विभिन्न तामझाम सहित वार्षिकोत्सव मनाउने चलनलाई चुनौति दिदै स्कुलले गरिब तथा असहायहरुलाई राहत उपलब्ध गराएको थियो । 

धरान, झुम्का लगायतका गरिब असहाय बिद्यार्थीहरुलाई स्कुल ब्याग र केही सैक्षिक सामाग्री र इनरुवा कि अग्नि पीडित र पाठे घरको समस्या भएकी किशोरीलाई नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा स्कुलका निर्देशक मुगाधन राईले स्कुलको ३० औँ वार्षिकोत्सवका अवसरमा सम्पुर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । सहायक प्राचार्य मनोज राईले स्कुलको समग्र प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । धरान उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष विवेक राई, भर्सेक नेपालका अध्यक्ष सुनिल खडका, सौर्य हेल्थ सेन्टर का प्रमोद अग्रवाल, विजयपुर एफएमकी अध्यक्ष हिमाल राई अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो । 

.............