धरान, माघ २३ । युनाईटेड गोर्खा एकेडेमी बोर्डिङ स्कुल धरानको आयोजनामा जिल्लास्तरिय अन्तर स्कुल छात्रा–छात्र भलिबल प्रतियोगिता बुधबार सुरु भएको छ । 

उक्त प्रतियोगिता युनाईटेड गोर्खा एकेडेमी कप २०८१ को ११ औं संस्करण हो । 

एकेडेमी परिसरमा प्रतियोगीताको उद्घाटन गरिएको थियो । प्रतियोगितामा २२ विद्यालयबाट २० छात्र र १७ छात्राका गरी ३७ टिम सहभागी रहेको प्रतियोगिता संयोजक कर्मा शेर्पाले जानकारी दिनुभयो ।

प्रतियोगीताको उद्घाटन धरान उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष मनप्रसाद लिम्बुले गर्नुभयो । 

उद्घाटन खेलमा छात्रा तर्फ सयपत्री बोर्डिङ स्कुल ईटहरी, लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी, ज्ञानोदय मावि धरान, हिमशिखर सेकेन्डरी स्कुल ईटहरी बिजयी भएका छन् । छात्र तर्फ सेक्रेड हार्ट इङ्लिस बोर्डिङ स्कुल, जनता सेकेन्डरी स्कुल ईटहरी, बाल विकास इङ्लिस बोडिङ स्कुल पकली, पूर्वाञ्चल इङ्लिस बोर्डिङ स्कुल तरहरा, सुम्निमा इङ्लिस बोर्डिङ स्कुल धरान, लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी बिजेता भएका छन् ।

united11म्यान अफ द म्याच छात्रा तर्फ सयपत्री बोर्डिङ स्कुलका प्रसङ्गा राई, लर्ड बुद्ध स्कुलका स्वेच्छा चौधरी, ज्ञानोदय माविका छात्रा रश्मी राई, हिम शिखर तरहराका अनिता तामाङ घोषित भए । छात्र तर्फ समिट स्कुलका शुभम शाह, जनता स्कुलका कमल श्रेष्ठ, सुम्निमा स्कुलका मिसेक लिम्बु, तरहरा मोडलका मिलन कार्की म्यान अफ द म्याच घोषित भए । उनीहरुले जनही नगद १२ सय रुपैया सहित मेडल प्राप्त गरे ।  

उद्घाटनको खेलहरुमा छात्रा तर्फ ८ वटा र छात्र तर्फ १२ वटा विद्यालयविच प्रतिस्पर्धा भएको थियो । छात्रा तर्फको खेलबाट सयपत्री, सेक्रेड हार्ट, तरहरा मोडल, हाम्रो बोर्डिङ स्कुल ईटहरी प्रतियोगिताबाट बाहिरिए भने छात्र तर्फ समिट, बिश्व आदर्श स्कुल ईटहरी, हाम्रो बोर्डिङ, ज्ञान दर्पण एकेडेमी तरहरा, आईडियल इङ्लिस बोर्डिङ स्कुल धरान, तरहरा मोडल बाहिरिए ।

प्रतियोगिता माघ २६ गते सम्म सञ्चालन हुने एकेडेमीका अध्यक्ष नारायणप्रसाद राईले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने विद्यालयले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद क्रमशः २५, २० र १५ हजार रुपैया प्राप्त गर्ने संयोजक शेर्पाले जानकारी दिनुभयो ।

...............