भारतको उडिसा राज्यको KIIT युनिभर्सिटीमा उच्च शिक्षा अध्ययन गरिरहेकी बुटवलकी प्रकृति लम्सालको मृत्यु पछि यो स्वभाविक मृत्यु नभएको भन्दै विद्यार्थीहरुको आन्दोलन शुरु भयो । युनिभर्सिटीले अवस्था सामान्य भईसकेको दावी गरेपनि विद्यार्थीहरु अझै अध्ययनमा फर्केका छैनन् । आफ्ना सर्तहरु सहित उनीहरु प्रदर्शनमै छन् । विकसित परिघटना अन्तरराष्ट्रिय चासोको विषयमात्र बनेको छैन, नेपाल र भारत विचको सम्बन्धको मानक समेत हुनसक्ने तर्फ विषय अघि बढेको छ । 

कुनैपनि मृत्युलाई प्रहरी र अनुसन्धानको पहुँच विना नै आत्महत्या भनेर तोक्न युनिभर्सिटीलाई कुन अधिकारले दियो ? विद्यार्थीहरुको यो जायज प्रश्न हो । 

प्रकृतिको आत्महत्या कि हत्या ?

प्रदर्शनरत विद्यार्थीहरुले प्रकृतिको मृत्युस्थलमा आफुहरुलाई पहुँच नदिएको र एक्कासी प्रकृतिले आत्महत्या गरेको भनेर खवर सार्वजनिक गरेको आरोप लगाएकाछन् । यहीबेला भारतिय सन्चारमाध्यमहरुले प्रकृतिको मृत शरिरसँगै सुसाइड नोट र मोबाइल भेटिएको जनाएकाछन् । तर युनिभर्सिटी प्रशासन र प्रहरीले सुसाइड नोट र त्यसमा के थियो भन्ने अझै गोप्य राखेको छ । यसले नियतमाथि शङ्का गर्ने सुविधा युनिभर्सिटी आफैले दिएको देखिन्छ । प्रकृतिले पटक पटक प्रशासनसमक्ष आफुमाथि भएको दुव्र्यवहारको लिखित उजुरी दिँदा पनि यसप्रति गम्भिर नहुनु र घटना भईसकेपछि आत्महत्या भनेर घटनालाई मोड्न खोजेकोले पनि प्रकृतिको आत्महत्या नभई हत्या हुनसक्ने शङ्का गर्न सकिन्छ । कुनैपनि मृत्युलाई प्रहरी र अनुसन्धानको पहुँच विना नै आत्महत्या भनेर तोक्न युनिभर्सिटीलाई कुन अधिकारले दियो ? विद्यार्थीहरुको यो जायज प्रश्न हो । 

आफ्नो प्रोफेसरको ओहदालाई विर्सेर साडी उचाली उचाली गुण्डागर्दी शैलीमा विद्यार्थीहरुमाथि जाइलाग्न खोज्ने, दुई देश विचको संवेदनशीलताको समेत ख्याल नगरी गालीगलौज गर्ने कस्तो ननसेन्स प्रोफेसरहरु हुन् यी ? प्रोफेसर जस्तो मान्छेको डिलिङ गर्ने तरिका यस्तै हुन्छ ?

युनिभर्सिटीको अपरिपक्वता छताछुल्ल

घटनाक्रमहरु र युनिभर्सिटीका अधिकारीहरुको रवैया हेर्दा किट एउटा पैसामुखि निजी इन्स्टिच्युट जस्तो प्रतित हुन्छ । कुन घटनाको गाम्भिर्यता कति छ र कसरी हेन्डिल गर्ने भन्ने सिप र दक्षता नभएका अधिकारीहरुको भीड रहेछ यहाँ । विदेशबाट विद्यार्थीहरु आफ्नो भविष्य निर्माण गर्न आएकाछन् । ती मध्ये प्रकृति जस्तो एक महिला विद्यार्थीले लिखित रुपमै आफुमाथि अनैतिक नियतले व्यवहार भइरहेको छ भनेर घरि घरि उजुरी दिँदा पनि गम्भिरतापुर्वक एक्सन नलिने कस्तो प्रशासन हो ? घटना भएपछि कानुनी प्रक्रियामा जानुको सट्टा आफ्नै हिसाबले ढाकछोप गर्न खोज्ने र घटनालाई आफै रहस्यमय बनाउनुले पनि KIIT को अपरिपक्वतालाई दर्शाउँछ । 

घटनामा युनिभर्सिटीमाथि नै शङ्का उब्जिएपछि त्यति धेरै विद्यार्थीहरुमा कसै न कसैले त आवाज उठाउँछ । विरोध गर्छ । त्यो उसको नैसर्गिक अधिकार हो तर त्यसलार्ई म्यानेज गर्न प्रशासनले अवलम्बन गरेको तरिका सर्वथा गलत छ । यस्तो तरिका जहाँ कही पनि स्विकार्य र नतिजामुलक हुँदैन । यस्तो आवाज उठ्न शुरु गर्नुवित्तिकै प्रशासनले सबैलाई भेला पारेर सत्यतथ्य पारदर्शी रुपमा सार्वजनिक गर्नुपथ्र्यो । विद्यार्थीहरुलाई कन्भिन्स गर्नुपथ्र्यो । उल्टै आन्दोलन ग¥यो, कलेजलाई अशान्त बनायो भनेर बल प्रयोग गर्ने, लछारपछार गर्ने, चड्कन र बुटले हान्ने, कलेज छोडेर आफ्नै देश जा भन्ने ? चित्त नबुझेको विषयमा विरोध गर्न पाउने मौलिक अधिकार नै हनन् गर्ने ? विदेशबाट आएका विद्यार्थीहरुलाई एकघण्टाको प्याकिङको समय दिएर धरपकड गर्दै विचबाटोमा अलपत्र छोडिदिने ? 

आफुलाई चित्त नबुझेको विषयमा प्रोटेस्ट ग¥यो भनेर होस्टेलमा गएर नानाभाँति गाली गर्ने भिडियोमा देखिएका दुई महिला त्यहाँका अधिकारी र प्राध्यापक रहेछन् । कस्तो कमनसेन्स समेत नभएको व्यक्तिहरुलाई यति ठुलो जिम्मेवारी दिएको प्रशासनले ? अहिलेको आधुनिक युगमा आफुले गरेको खराब गतिविधि भाइरल हुनसक्छ भन्ने पनि हेक्का नभएका, आफ्नो प्रोफेसरको ओहदालाई विर्सेर साडी उचाली उचाली गुण्डागर्दी शैलीमा विद्यार्थीहरुमाथि जाइलाग्न खोज्ने, दुई देश विचको संवेदनशीलताको समेत ख्याल नगरी गालीगलौज गर्ने कस्तो ननसेन्स प्रोफेसरहरु हुन् यी ? प्रोफेसर जस्तो मान्छेको डिलिङ गर्ने तरिका यस्तै हुन्छ ? अन्तरराष्ट्रिय मानवअधिकार बारे जान्नु पर्दैन ?

नेपाली विद्यार्थीहरुलाई छानीछानी युनिभर्सिटीका सुरक्षाकर्मीहरुले निर्घात कुटिरहेको भिडियो भाइरल भएको छ । कुनै आदेश विना यिनीहरुले हात छाडे होलान् र ? आदेश दिने पक्कै पनि जिम्मेवार अधिकारी हुनुपर्छ ? नेपालकै छोरीको मृत्यु भएको छ ? उसको परिवारको सेन्टीमेन्ट कस्तो होला ? उसको देशको सेन्टीमेन्ट कस्तो होला ? त्यसको हेक्का नराखी छोरीको न्यायको लागि माग गरिरहेका उसका साथीहरुमाथि यस्तो व्यवहार हुँदा उनीहरुका परिवार र देशको सेन्टीमेन्ट कस्तो होला ? यसको मुल्य भोलि कति तिर्नुपर्ने हो ? त्यसको ख्याल गर्नुपर्दैन ? अन्तरराष्ट्रिय स्तरको युनिभर्सिटी भनेर मात्र हुन्छ ? त्यस अनुसारको सोँच, व्यवहार, निति र कार्यान्वयन चैँ हुनुपर्दैन ? 

जुन जुन अधिकारीहरुले विद्यार्थीहरुलाई दुव्र्यवहार गरेकाछन्, नेपालको अस्मितालाई ललकारेकाछन्, उनीहरु फेसबुकमा होइन, विज्ञप्तिमा होइन, फिल्डमा विद्यार्थीहरुसँग आमने सामने भएर हार्दिकतापुर्वक माफी माग्नुपर्दछ । अरु कानुनी कारवाही र अनुसन्धानका क्रमउपक्रमहरु निरन्तर जारी रहनुपर्दछ ।

KIIT खारेज किन नगर्ने ? 

जब यो विषय उर्लियो अनि कलेज प्रशासनलाई बोध भयो कि गलत पो गरिएछ । अनि विद्यार्थीहरुलाई देश निकाला गरेको १२ घण्टा नबित्दै फेरि सुचना आउँछ– गलत भयो, विद्यार्थीहरु फिर्ता आऊ, पढ । नेपाल गईसकेका छौ भनेपनि लागेको बाटो खर्च हामी बेहोर्छौँ आदि इत्यादि । जतिबेला विद्यार्थीहरु व्यक्तिगत सुरक्षाको समेत डरले लुक्दै लुक्दै रेल्वे स्टेशनमा अलपत्र थिए । उनीहरुसँग न टिकट काट्ने पैसा छ न खानेबस्ने पैसा ? परिवारसँग सम्पर्क समन्वयको मौका पनि पाएनन् ? यस्तो ब्लण्डर गर्न मिल्छ एउटा युनिभर्सिटीले आफ्ना विद्यार्थीहरुलाई ? यो कस्तो प्रशासनिक तरिका हो ? कस्तो परिपक्वता हो यो ? केटाकेटीको भाँडाकुटी खेल हो युनिभर्सिटी चलाउनु ? शुरुमा गालामा जमेर चड्कन हान्ने अनि एकछिनमा सुम्सुम्याउने ? जो विद्यार्थीहरु न्यायका लागि लडिरहेका थिए, उनीहरुको आत्मसम्मान चैँ कहाँ गयो ? नेपालको आत्मसम्मान कहाँ गयो ? मौलिक हक र मानवअधिकारको एकरति पनि वास्ता नगर्ने, दुई देशविचको आत्मिय सम्बन्धमाथि दरार उत्पन्न गराउने, लगभग १५ सय विद्यार्थीहरु पढ्न अनुमति दिने देशको स्वाभिमानमाथि ठेस पु¥याउने, ‘तेरो देशको बजेट त युनिभर्सिटीको बजेट भन्दा पनि थोरै छ ।’ भन्नेसम्मको हेपाहा मानसिकता बोकेका अधिकारीहरुले चलाएको युनिभर्सिटी बन्द किन नगर्ने ? भारत सरकारले किट युनिभर्सिटीलाई तत्काल खारेज गर्नुपर्दछ । तर खारेज गर्नुअघि जेजति नेपाली विद्यार्थीहरु छन् उनीहरुको अध्ययनको रफ्तारमा बाधा पर्नु हुँदैन । उनीहरुलाई समकक्षता दिएर अरु कुनै कलेज वा नेपालमा स्थापित गर्नु पनि भारत सरकारको जिम्मेवारी हुनेछ । 

यस घटनाबाट नेपाली विद्यार्थीहरुको भारतमा साख गुमेको छ । आत्मसम्मान धुजा धुजा भएको छ । अहिले तत्काललाई अवस्था सामान्य बनाउनु छ भने जुन जुन अधिकारीहरुले विद्यार्थीहरुलाई दुव्र्यवहार गरेकाछन्, नेपालको अस्मितालाई ललकारेकाछन्, उनीहरु फेसबुकमा होइन, विज्ञप्तिमा होइन, फिल्डमा विद्यार्थीहरुसँग आमने सामने भएर हार्दिकतापुर्वक माफी माग्नुपर्दछ । अरु कानुनी कारवाही र अनुसन्धानका क्रमउपक्रमहरु निरन्तर जारी रहनुपर्दछ । विद्यार्थीहरुको बाँकी कुरा पनि यही हो भन्ने देखिएको छ । पक्राउ गरिएको, निलम्बन गरिएको, बर्खास्त गरिएको भनेर मात्र हुँदैन । यहाँ जन्मकैद सजाय पाएको अभियुक्तले त कति ताण्डव मच्चाइरहेको छ भन्ने कसलाई थाहा छैन र ?  

 प्रकृतिको लागि त न्यायिक लडाई लड्नुपर्ने नेपाल सरकारकै नैतिकताको विषय पनि हो । जो जो विद्यार्थीहरुलाई निर्घात कुटपिट गरिएको छ, उनीहरुको औषधि मुलो र क्षतिपुर्तिको मुद्धालाई बलियो ढङ्गले उठाउनुपर्दछ । जो जो विद्यार्थीहरु भर्ना भईसकेकाछन् उनीहरुको सुरक्षा र आत्मसम्मानको ग्यारेन्टीका लागि नेपाल सरकारले पनि आफ्नो तर्फबाट सर्तनामाको स्तरमा डिलिङ गर्नुपर्दछ ।

नेपालको विचरा कुटनिति

जतिबेला नेपाली विद्यार्थीहरुलाई उडिसामा लात्ती हानिदै थियो, त्यतिबेला नेपालमा यस्तो संसद जारी थियो जहाँ यो विषय उठान गर्न सांसदलाई सभामुखले रोक लगाए । छोराछोरीहरु कोही मरिरहेका थिए, कसैलाई लछारपछार पारिदै थियो, तँ गरिब देशको नागरिक हो, उतै फर्केर जा, के गर्छस् गर् भन्ने जस्ता गालीमार्फत अर्को देशको कर्मचारीले आफ्नो राष्ट्रिय अस्मितामाथि नै धावा बोल्दै थियो, ठिक त्यहिबेला नेपालको सरकार भने ‘कुटनैतिक स्तरमा कुरा मात्र’ गरिरहेको थियो । काम गर्ने त छेकछन्दै थिएन । अरु चार पाँचजनाको कतिखेर ज्यान जान्छ र अलि कडा तरिकाले प्रस्तुत हौँ भनेर पर्खिरहेको थियो सायद । यतिसम्म भईसकेपछि एउटा आधिकारिक टोली पठाएर गाडी, रेल वा हवाइ रुटबाट आफ्ना विद्यार्थी नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा सार्न वा नेपाल डिपोट गर्न नेपाल सरकारले किन सकेन ? पहिलो कुरा त विद्यार्थीहरुको आत्मसम्मान जोगाउनु थियो । आत्मसम्मान विना जिउधन मात्र सुरक्षित रहेर के अर्थ हुन्छ ? अनि प्रकृति लम्साल सहित घाइते र अध्ययन छोड्नुपरेका विद्यार्थीहरुको न्याय, क्षतिपुर्ति आदिका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय मानवअधिकार कानुन अनुसार नेपालले लड्नुपर्ने होइन र ? अब अहिले युनिभर्सिटी, प्रहरी, भारतिय दुतावासले सामाजिक सन्जालमा माफी मागेको आधारमा सबै कुरा ठिक छ भनेर फेरि त्यही घुस्रिने ? यसले आत्मसम्मानको रक्षा हुन्छ ? आगामी दिनमा पनि नेपाली विद्यार्थीहरुलाई हेर्ने दृष्टिकोण यो रहँदैन र भोलि फेरि यो दोहोरिदैन भन्ने के ग्यारेन्टी छ ? नेपालको कुटनितिले आफ्नो तर्फबाट चैँ ग्यारेन्टीको कुनै कदम चाल्नुपर्दैन ? 

अझैपनि समय छ । प्रकृतिको लागि त न्यायिक लडाई लड्नुपर्ने नेपाल सरकारकै नैतिकताको विषय पनि हो । जो जो विद्यार्थीहरुलाई निर्घात कुटपिट गरिएको छ, उनीहरुको औषधि मुलो र क्षतिपुर्तिको मुद्धालाई बलियो ढङ्गले उठाउनुपर्दछ । जो जो विद्यार्थीहरु भर्ना भईसकेकाछन् उनीहरुको सुरक्षा र आत्मसम्मानको ग्यारेन्टीका लागि नेपाल सरकारले पनि आफ्नो तर्फबाट सर्तनामाको स्तरमा डिलिङ गर्नुपर्दछ । आगामी दिनदेखि यस कलेजमा विद्यार्थीहरुलाई पढ्ने अनुमतिमा पुर्नविचार गर्नुपर्दछ । यस युनिभर्सिटीलाई अन्तरराष्ट्रिय कानुन अनुसार खारेजीको कुरामा नेपाल सरकारले सहर्ष सहमति दिनुपर्दछ । 

निर्बलता र पराधिन मानसिकता नै छोरीमान्छेको सबैभन्दा ठुलो समस्या अझै पनि छ । यहाँ पनि प्रश्न त्यही हुन्छ, अड्विकको ठाउँमा प्रकृति किन भइनन् ? छोरी मान्छेले चैँ जहाँ गएपनि त्यै कोमलता, निर्बलता, नाजुकता लिएर हिड्नुपर्ने ?

प्रकृति लम्सालबाट छोरीहरुले सिक्नुपर्ने पाठ

नेपाल, भारत जस्ता देशहरु र यहाँका समाज अझै पनि छोरीहरुका लागि कम्फर्टेबल भईसकेका छैनन् । प्रथमतः छोरीहरुले यो हेक्का राख्नुपर्दछ । यस्तो समाजमा आवश्यकता भन्दा बढि स्वच्छन्द हुनु भनेको भोका बाघहरुको चिडियाखाना भित्र नाचेजस्तै हो । उमेर पुग्यो, जवानी आयो भन्दैमा दायाँबायाँ विचार नगरी सम्बन्धहरु बनाउनु के बाध्यता र जरुरी छ ? प्रकृतिका लागि सम्बन्ध अघि बढाउने ठाउँ र समय KIIT युनिभर्सिटी मात्र थियो ? अनि सम्बन्ध बनाउनका लागि अडविक श्रीवास्तव नै हुनुपर्ने जसको रेकर्ड कलेजमा पनि राम्रो थिएन । कुनै सम्बन्धहरु आफै समस्या बनेर आउँछन् तर त्यसभित्र पनि छोरीहरुको आफ्नो स्वभाव, सोँच र व्यवहारले पहिलो भूमिका खेल्छन् । छोरीमान्छेको जीवन अझै पनि यति सेन्सीटिभ छ कि कहि न कहि स्वभाव, सोँच र व्यवहारमा तलमाथि हुनुवित्तिकै यसको फाइदा अरुले लिन्छन् लिन खोज्छन् । सायद यसैको नतिजा हुनुपर्छ प्रकृतिको अवस्था । प्रकृतिले पटक पटक उजुरी गर्नुपर्ने अवस्था किन आयो ? उजुरी गर्दा पनि प्रकृति सम्पुर्ण रुपमा त्यो केटासँग किन छुट्न सकिनन् ? प्रकृतिले यदि अन्तरआत्मादेखि नै चाहेको भए त्यो केटाबाट मुक्ति पाउन के सक्दिनथिन् र ? निर्बलता र पराधिन मानसिकता नै छोरीमान्छेको सबैभन्दा ठुलो समस्या अझै पनि छ । यहाँ पनि प्रश्न त्यही हुन्छ, अड्विकको ठाउँमा प्रकृति किन भइनन् ? छोरी मान्छेले चैँ जहाँ गएपनि त्यै कोमलता, निर्बलता, नाजुकता लिएर हिड्नुपर्ने ? आइपरे भिड्ने र म न केटा न केटी कोइभन्दा कम छैन भन्ने स्ट्रोङनेश चैँ कहिले आउँछ छोरीहरुमा ?

सुनसरी

२०८१ फागुन ६

[email protected]

..................