धरान, चैत्र ३० गते । धरान चौकीबारीस्थित पर्वत सेकण्डरी बोर्डिङ स्कुलले सोमबार ३२ औँ वार्षिक उत्सव मनाएको छ । सो अवसरमा अभिभावक दिवस अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । 

स्कुलका प्ले ग्रुप देखि ९ सम्मका परिक्षामा उत्कृष्ट अङ्क ल्यायर प्रथम, दोस्रो र तेस्रो हुने विधार्थीहरुलाई स्कुलका निर्देशक दिलकुमार हाङ्स्रोङ, प्राचार्य होमप्रसाद लिम्बू, संयोजक सुमन चेम्जोङ र उप प्राचार्य प्रवेग हाङ्स्रोङले पुरस्कार बितरण गर्नु भएको थियो ।

कार्यक्रममा छात्रछात्राहरुले विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । अभिभावकको मनोरञ्जनका लागि तातो आलु लगायतका खेल खेलाइएको थियो । प्रमुख अतिथी धरान १९ का वडाध्यक्ष पुर्णबहादुर लिम्बूले विद्यालयको प्रगतिबाट खुसी भएको बताउनुभयो । 

सो अवसरमा स्कुलका १४ जना  जेहन्दार विद्यार्थीहरुलाई ‘मन्जिला छात्रवृत्ति’ प्रदान गरिएको थियो भने दुई जना गरिब तथा जेहन्दार विद्यार्थीलाई जनही नगद रु.१००००।– प्रदान गरिएको थियो ।......