धरान, चैत्र २३ । रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरानको दशौं वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ । मन्टेश्वरीको प्राङ्गणमा आयोजित एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अवसरमा विद्यार्थीहरुले नाटक समेत प्रस्तुत गरेका थिए । साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरिक वनाउनका लागि आवश्यक पर्ने पारीवारिक वातावरणका विषयमा नाटक प्रस्तुत गरिएको थियो ।

Rosebud1सो अवसरमा बालवालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा खेलकुद तथा विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम वेघाले पुरस्कृत गर्नुभएको थियो ।

सो अवसरमा प्रिप्राइमरीबाट उर्तीण भई कक्षा १ मा पुग्न सफल भएका १३ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुलाई प्रमुख अतिथि वेघाले मेडल सहित पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै वेघाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभएको थियो ।

Rosebud2मन्टेश्वरीमा १ सय भन्दा वढी विद्यार्थीहरु अध्ययनरत रहेको मन्टेश्वरीका सह–निर्देशक राजेन्द्र गिरीले जानकारी दिनुभयो । कार्यक्रममा सञ्चारकर्मी तिर्थ कार्कीले विद्यार्थीहरुको कला र प्रतिभाको प्रशंसा गर्दै उज्वल भवियको कामना गर्नुभएको थियो । मन्टेश्वरी सञ्चालक दिपक घिमिरेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

....