धरान, चैत्र ३० । धरान उपमहानगरपालिका वडा नं. १५, श्यामचौकस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल अभिभावकहरुको रोजाइमा पर्ने धरानका निजि विद्यालयहरु मध्ये एक हो । वि.सं. २०६३ सालमा स्थापना भएको यस स्कुलले विद्यार्थीलाई समयानुकुल प्राविधिक, व्यवहारिक र प्रयोगात्मक, बालमैत्री शिक्षा दिंदै आएको छ ।

स्थापनाको छोटो समयमै धरानको शिक्षा क्षेत्रमा छुट्टै परिचय बनाउन सफल हिबिस्कसले विद्यार्थीलाई शिक्षा दिने सन्दर्भमा किताबको पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पर्याप्त जोड दिँदै आएको छ । सिप बिकास, व्यक्तित्व विकास, संस्कार बिकास तथा जीवनोपयोगी शिक्षामा विद्यालयले विशेष ध्यान दिएको पाइन्छ । अनुभवी र तालिमप्राप्त शिक्षक मार्फत कक्षाहरु सन्चालनमा छन् । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानमा जबरजस्ती धकेल्नुभन्दा व्यवहारिक, प्रयोगात्मक क्रियाकलापमार्फत विद्यार्थीको रुचि र मानसिकताको ख्याल गर्दै अध्यापन गर्ने शैली विद्यालयले अवलम्बन गरेको छ । पढेर बेरोजगार उत्पादन गर्ने होइन कि पढेर गरेर खाने जनशक्ति उत्पादन गर्नु विद्यालयको उद्धेश्य भएको विद्यालयले जनाएको छ । 

H2हिबिस्कसले स्थानीय शिक्षक मात्र नभई विदेशी शिक्षकहरुलाई समेत गेष्ट लेक्चररको रुपमा आमन्त्रण गरेर विभिन्न विषयको ज्ञान दिने गरेको छ । विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी विषयवस्तु अनुसार विभिन्न क्षेत्र, स्थान र भूगोलको स्थलगत अध्ययन अवलोकन गराई बाहिरी ज्ञानसमेत दिँदै आएको छ । विद्यार्थीलाई ऐतिहासिक र पुरातात्विक स्थल, बालगृह, वृद्धाश्रम, सरकारी कार्यालय लगायतको अवलोकन गराउने, गरिब दुःखी, असहायलाई सहयोग र राहत उद्धार जस्ता कार्यमा सहभागी गराएर समाजप्रतिको दायित्व बुझाउने जस्ता कार्यका कारण हिबिस्कस विद्यार्थी र अभिभावकहरुको रोजाइको विद्यालय बन्दै गएको छ । 

अतिरिक्त क्रियाकलाप

विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन गराउँदै उनीहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले स्कुलले वार्षिक क्यालेन्डरमा निम्न क्रियाकलापहरु समावेश गरेर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ः

क) हिबिस्कस क्विज मेनिया :

विद्यार्थीहरुको बौद्धिक क्षमता विकास तथा प्रस्फुटन गराउने, समसामयिक र सामान्य ज्ञानबारे अपडेट गराउने उद्देश्यले हिबिस्कसले सुनसरी जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयलाई सहभागी गराएर हिबिस्कस क्विज मेनिया सन्चालन गर्दै आएको छ ।

ख) हिबिस्कस सिङ्गीङ आईडल :

विद्यार्थीहरुको गायन कलाको पहिचान र प्रोत्साहन गर्नका लागि स्कुलका विद्यार्थी बीच गायन प्रतिष्पर्धाका रुपमा यो कार्यक्रम आयोजना हुँदै आएको छ । यसबाट गायनमा रुची भएका बालबालिकालाई सोहि क्षेत्रमा अघि बढ्न र व्यवसायिक गायनतर्फ अगाडी बढ्न हौसला प्रदान गरिन्छ ।

ग) हिबिस्कस डान्सिङ आईडल :

नृत्य क्षेत्रमा रुची र क्षमता भएका विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउने अवसरका रुपमा आयोजना गरिने यस कार्यक्रममा धरान उपमहानगरपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराईन्छ ।

घ) देउसी भैलो प्रतियोगिता :

हराउदै गएको नेपाली मौलिक संस्कार, संस्कृतिबारे जानकारी दिँदै यसबारे रुचि जगाउने र मौलिक संस्कारको संरक्षणमा सहभागी गराउने उद्धेश्यले विद्यालयले हरेक वर्ष देउसी–भैलो प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

ङ) हिबिस्कस बाल क्लब :

स्कूलमा विद्यार्थीहरुले बाल क्लब गठन गरेकाछन् । यस क्लब मार्फत उनीहरुले बालअधिकार लगायत बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । जसबाट उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुग्छ । प्रत्येक वर्ष बालक्लवको लोकतान्त्रिक विधिबाट निर्वाचन गराउने गरिएको छ । यसबाट संगठन, राजनिति, निर्वाचन आदिका बारे पनि विद्यार्थीहरुलाई परिचित गराउँदै लाने विद्यालयको उद्धेश्य रहेको छ ।

त्यस्तै हिबिस्कसमा ह्यान्ड राईटिङ प्रतियोगीता, वादविवाद प्रतियोगिता, विभिन्न घरायसी वा अन्य सामाग्री खरिदका लागि बजार भ्रमण, विभिन्न कला तथा विज्ञान प्रदर्शनी जस्ता कार्यक्रम आयोजना हुँदै आएका छन् ।

खेलकुद :

हिबिस्कसमा खेलकुदलाई उच्च प्राथमिकता दिने गरिएको छ । विद्यार्थीहरुको प्रतिभा, रुचि र उमेरका आधारमा तेक्वान्दो, फुटबल, टेबलटेनिस, फुटसल जस्ता खेल प्रशिक्षण र प्रतियोगीताहरु सञ्चालन हुँदै आएकाछन् । 

छात्रवृत्तिको व्यवस्था :

यस स्कुलले कक्षामा प्रथम, द्वितीय तृतीय हुने विद्यार्थीलाई शुल्कमा विशेष छुट दिंदै आएको छ । साथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा खेलकुद, गायन, नृत्य आदिमा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति स्वरुप विशेष छुटको व्यवस्था हुँदै आएको छ ।

हिबिस्कसका विशेषताहरु :

–गुणस्तरीय शिक्षा र प्रयोगात्मक सिकाइ

–अनुभवी शिक्षक र कुशल व्यवस्थापन

–आधुनिक सुविधा सम्पन्न विज्ञान र कम्प्यूटर प्रयोगशाला

–अनुकुल वातावरण

–सफलताको इतिहास

–समय सापेक्षा शिक्षा

–विद्यार्थीलाई बीमा सुविधा

–कमजोर विद्यार्थीहरुलाई निःशुल्क अतिरिक्त कक्षा

– STEAM Education Class, Learning with doing, Project based Learning जस्ता सिद्धान्तमा आधारित शिक्षा ।

–आधुनिक विधिको प्रयोग : ICT  को माध्यमबाट विद्यार्थीलाई पठन पाठन गराईने ।

–स्वीडेनका अवकास प्राप्त शिक्षक जोन डेनिस ज्याकले वर्षेनी करिब १५ दिन आफ्ना अनुभव सुनाउँदै शिक्षण कला आदान–प्रदान गर्ने ।

+२ मा कानुन, विज्ञान र व्यवस्थापन :

वर्तमान समयमा कानुनी ज्ञान सबैका लागि अपरिहार्य बन्दै गएको अवस्थामा हिबिस्कसले २०७९ सालदेखि धरानमै पहिलोपटक कक्षा–११ र १२ मा कानून विषय अध्यापन गराउँदै आएको छ ।

त्यस्तै विज्ञान संकायमा पनि पठन पाठन हुँदै आएको छ भने २०८२ सालदेखि कक्षा ११ र १२ मा कम्प्युटर म्यानेज्मेन्ट र म्यानेज्मेन्ट समेत सञ्चालन हुनेछ ।

+२ मा कानुन नै किन ?

समय सापेक्ष शिक्षा वर्तमान आवश्यकता बन्दै गएको बेला हिबिस्कसले पनि प्राविधिक धार तर्फ फड्को मारेको छ । छोटो समयको शिक्षा पछि सजिलै रोजगारी पाउन सकिने र स्वरोजगारका लागि शिक्षातर्फ समेत जोड दिँदै कक्षा ११ र १२ मा कानुन विषयलाई प्राथमिकता दिइएको छ ।

कानुन विषयका फाईदाहरु :

–कानुनी व्यवस्थाबारे प्रारम्भिक ज्ञान

–आलोचनात्मक सोंचको विकास

–संवाद क्षमताको विकास

–कानुनी करियरका लागि तयारी

–अधिकार र कर्तव्य बारे जागरुकता

–नैतिक सोंचको विकास

–विविध पेशामा उपयोगी

अवसरहरु :

–वकालत

–न्यायिक सेवा

–सरकारी कानुनी सेवा

–कर्पोरेट क्षेत्र

–मानव अधिकार तथा सामाजिक न्याय क्षेत्र

–गैरसरकारी संस्थामा काम गर्न सकिने

–कुटनीतिक तथा विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रका अवसर

–शिक्षा तथा अनुसन्धान आदी

.......