‘नेपालको कानुन दैवले मात्र जानुन्’ वा त्यही उच्च ओहदामा बसेका विद्हरूले मात्र जानुन् । अहिले नेपालमा यहि कुरा चरितार्थ भएको छ । वि.सं १९१० मा जङ्गबहादुर युरोप यात्राबाट फर्केपछि नेपाललाई केही प्रगतिको दिशातिर अग्रसर गराउनका लागि मुलुकी ऐनको निर्माण गर्न लगाए । उनले राणाशासनको हुकुमी कानुनलाई केहि मात्रामा भएपनि नियन्त्रण गर्न लगाएका थिए । पहिलो लिखित कानुनका रूपमा यसका सकारात्मक पक्ष पनि थिए । राणाशासन कालमा नै सतिप्रथाको अन्त्य भएको थियो । नेपाली चेलीहरूले राहत पाएका थिए । पछि वि.सं. २०२० मा यस कानुनका केहि असान्दर्भिक दफाहरू जस्तै छुवाछुत प्रथा, बालविवाह, बहुविवाह संशोधन गरि समय सापेक्ष सुधार गरेर मुलुकी ऐन २०२० जारी गरियो ।
पुरुषकै अर्धाङ्गीनि भएर आजीवन बिताएका महिलालाई पुरस्कार स्वरूप सौता थपिदैछ ।
१६४ वर्ष अगाडिको मुलुकी ऐनले विधमान परिस्थितिमा काम नगर्ने हुँदा यस परिस्थितिलाई चिन्तन गरि र विश्वव्यापी मानव अधिकारका मान्यता समेतलाई मनन् गरि वि.सं. २०७४ मा मुलुकी संहिता ऐन जारी गरियो र वि.सं. २०७५ भदौ १ गतेबाट नेपाल अधिराज्यमा लागु भयो । यो मुलुकी संहिता सबै नेपाल अधिराज्यमा बस्ने नागरिकका निम्ति बनेका हुन । कानुन थाहा थिएन, गल्ती भयो भनेर कुनैपनि व्यक्ति अपराधबाट छुट पाउँदैन । सबै नागरिकले कानुन जानेको छ भनेर कारबाही गरिन्छ । विदेशीको हकमा पनि समान रूपमा लागु हुनेछ । यस देवानी संहिताको वैवाहिक सम्बन्धमा यस कुराको उल्लेख गरिएको छ– बिस वर्षको उमेर पुगेपछि मात्र विवाह गर्न पाइनेछ । पुरुष र महिला दुबैको मन्जुरी विना भएको विवाह बदर हुनेछ । कुनै अविवाहित पुरुषसँगको सम्पर्कबाट महिलाले गर्भधारण गरि शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बिच स्वत विवाह भएको मानिनेछ । तर बहुविवाह भएको, जबर्जस्ती करणी भएको, उमेर नपुगी विवाह भएको र हाडनाता करणी भएको अवस्थामा भने शिशु जन्मिए पनि स्वतः विवाह भएको मानिदैन । उनीहरूलाई दण्ड सजाय हुनु पर्दछ ।
विधवा र पारपाचूके महिलाहरूको दोस्रो विवाहलाई प्रोत्साहन नदिने पित्तृसत्तात्मक समाजमा पुरुषलाई पुनः बहुविवाह गर्न लगाइदैछ । यसबाट समाजलाई कतातिर धकेलिदैछ स्वतः अनुमान लगाउन सकिन्छ ।
लोकतान्त्रिक विधानमा देशको समयकाल र परिस्थिति अनुसारको देवानी मुलुकी संहिता लागु भएता पनि त्यै देवानी संहितालाई विभिन्न वातानुकूलित अड्कलवाजी बनाएर पुरुष प्रधान समाजलाई अझ बढावा दिएर संशोधन गरिदैछ । आजको सक्षम र सचेत महिलाहरूलाई ५० वर्ष पछाडि धकेलिदैछ । विवाहित पुरुषको यौन हिंसालाइ मान्यता दिन खोजिरहेकोछ । सासु, ससुरा, नन्द, आमाज्यूको सेवा गर्दै बसेका गाउँघर तिरका महिलाहरू उज्ज्वल भविष्यको लागि आफ्नो श्रीमानलाई शहरतिर पठाएका छन् र आफू घरायसी मेलापातमा नै जीवन बिताइरहेका छन् । पुरुषकै अर्धाङ्गीनि भएर आजीवन बिताएका महिलालाई पुरस्कार स्वरूप सौता थपिदैछ । जून नारीहरू सम्बन्ध विच्छेदको बारेमा अनभिज्ञ छन्, उनीहरूलाई दासी बनाइदैछ । विधवा र पारपाचूके महिलाहरूको दोस्रो विवाहलाई प्रोत्साहन नदिने पित्तृसत्तात्मक समाजमा पुरुषलाई पुनः बहुविवाह गर्न लगाइदैछ । यसबाट समाजलाई कतातिर धकेलिदैछ स्वतः अनुमान लगाउन सकिन्छ ।
........
लेखक अध्यापन गर्नुहुन्छ ।




















