धरान, पुस ३० गते । धरानस्थित प्राइम भिजन इन्टरनेशनल होटल म्यानेजमेन्ट कलेजका सिइओ अभिषेक श्रेष्ठ एसियन भिजनरी सिइओ अवार्ड २०२६ वाट सम्मानित हुनुभएको छ ।
भारतको केरलाको कोचिमा यही जनवरी ६ मा आयोजित कार्यक्रममा श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । एसिया अवार्ड नामक संस्थाद्धारा आयोजित कार्यक्रममा संस्थाले वितरण गर्दै आएको उक्त अवार्ड श्रेष्ठलाई समर्पण गरिएको हो । संस्थाका निर्देशक अबुथाएरले सिइओ श्रेष्ठलाई अवार्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपालबाट जम्मा पाँच जना सम्मानित हुनुभएको थियो जसमा कोशी प्रदेशबाट श्रेष्ठलाई सम्मानित गरिएको हो । होटल म्यानेजमेन्ट शिक्षाको क्षेत्रमा देखाउनुभएको क्रियाशिलता, प्राइम भिजन कलेजको नतिजा र सामाजिक योगदानका आधारमा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
अवार्ड वितरण कार्यक्रममा नेपाल, भारत, श्रीलंका, मौरिसस, माल्दिभ्स, मलेसिया, दुबई लगायत विभिन्न देशका प्रतिनिधिहरु सहभागी थिए । यस क्षेत्रमा करिब एक दशक लामो क्रियाशिलता स्वरुप सम्मानित हुन पाउँदा गौरव महशुस भएको श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।
............




















