धरान, माघ २६ गते । धरान–१६ स्थित मानव सेवा आश्रमका असहायहरूलाई धरान–१६ कै सियोन स्कुलका कक्षा–४ मा अध्ययनरत विद्यार्थीहरूले सोमबार भोजन गराएका छन् ।

शिक्षिका सङ्गीता राईका अनुसार सामाजिक शिक्षा विषय अन्तर्गत सामाजिक क्रियाकलाप सम्बन्धी पाठ्यक्रमलाई व्यवहारमा उतार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीहरूलाई सानैदेखि सामाजिक सेवाको भावना विकास गराउने लक्ष्यसहित परियोजना कार्यका रूपमा यस कार्यमा सहभागी गराइएको उहाँले जानकारी दिनुभयो ।

Suion2विद्यालयका प्रिन्सिपल खड्गबहादुर थापामगरले विद्यार्थीहरूलाई सामाजिकिकरण गर्न र विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

Suion3कक्षा–४ का ७६ जना विद्यार्थीहरूले आफ्नो खाजाको पैसा मध्येबाट जोगाएको रकममा विद्यालयले केही रकम थप गरी कार्यक्रम खर्च जुटाइएको प्रिन्सिपल थापामगरले जानकारी दिनुभयो । विद्यार्थीहरुले आश्रममै पुगेर ३० जना असहाय व्यक्तिहरूलाई खाना खुवाएका हुन् । कार्यक्रममा विद्यार्थीहरूले आफैँले खाना पस्काएर सेवा दिएका थिए ।

............