प्रितम विश्वकर्मा

धरान उपमहानगरपालिका वडा नं. १७ को स्थायी बासिन्दा म, ३४ वर्ष भयो मेरो परिवार यसै ठाउँमा निरन्तर बस्दै आएको । अग्रजहरुले यही ठाउँलाई कर्मभूमि बनाउनुभयो र म पछिल्लो पुस्ता पनि यही ठाउँमा आफ्नो भविष्य बनाउने प्रयासमा छु । म भरखर जेन्जी उमेर पार गरेको युवा हुँ र मैले समाज, संस्कृति, राजनिति राम्रै गरी बुझ्दै गएको छु ।

म जब घरभन्दा बाहिर निस्किएँ अथवा व्यवहारिक बन्दै गएँ, त्यहिबेला देखि नै मेरो वडामा सुन्दै र देख्दै आएको व्यक्ति हुन् मनोज भट्टराई जसलाई म मनोज दाइ भनेर बोलाउँछु । थप व्यवहारिक हुँदै जाँदा थुप्रै सामाजिक र घरव्यवहारका काम आइपरे । मैले सहयोग र सुझाव लिने व्यक्ति पनि उहाँ नै रहनुभयो । उहाँ वडाध्यक्ष हुनु अघिदेखि नै मैले उहाँको साथ, सहयोग, सुझाव र हौसला पाउँदै आएको मान्छे हुँ । हुन त उहाँसँग मेरो कुनै नातासम्बन्ध छैन । सँधै भेट भइरहने वडावासी हुनुमात्र हाम्रो सम्बन्ध हो तर समय वित्दै जाँदा उहाँको आत्मियता र सहयोगी भावनाले म अनुगृहित बन्दै गएँ । जनप्रतिनिधि भएपछि त उहाँ हाम्रो वडाका लागि एक देवदुत झैँ बनेर आउनुभयो । 

जनप्रतिनिधिका रुपमा उहाँले व्यक्तिका घरघरमा मात्र होइन सार्वजनिक सरोकारका सबै विषयहरुमा घरपरिवारकै सदस्य झैँ सहयोग गर्दै आउनुभएको मैले देखेको छु । उहाँले आफ्नो दुई कार्यकालमा वडामा के के गर्नुभयो भन्ने कुराको पनि म प्रत्यक्षदर्शी र भुक्तभोगी हुँ । आज त्यही व्यक्ति सफलता र अवसरको सदुपयोगको सिँढी चढ्दै नेपाली कम्युनिस्ट पार्टी सुनसरी–१ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा तारा चुनाव चिन्ह लिएर प्रस्तुत हुनुभएको छ । यस लेखमा म उहाँले वडाध्यक्षका रुपमा कार्यरत रहँदा धरान–१७ मा देखिने वा अनुभूत गरिने गरी सम्पन्न गर्नुभएका मुख्य कार्यहरुको फेहरिस्त प्रस्तुत गर्न चाहन्छु । यी सबै कुरा जान्न पाउनु यस क्षेत्रका जनताको अधिकार पनि हो भन्ने आशयले मैले यस लेख प्रस्तुत गरेको छु :

१) सडक तथा पूर्वाधार 

रेल्वे चोक विस्तार–करिब २०० मिटर लामो–४ लेन, ७२ फिट चौडाइ (करिब २ करोड लागत)

सरस्वती ढल तथा करिडोर निर्माण (करिब ६ करोड लागत)

वडाका अधिकांश भित्री सडकमा ढलसहित कालोपत्रे

ठकुरी खोलामा ह्युम पाइप राखी अस्थायी पुल निर्माण

सर्दु पुल निर्माणमा सक्रिय भूमिका (बराह र रामधुनी नगरपालिकासँग धरान जोड्ने महत्वपूर्ण पूर्वाधार)

सरस्वती चोक–एकल महिला भवन जोड्ने पुल निर्माण


२) सार्वजनिक संरचना वडा कार्यालय भवन निर्माण

सार्वजनिक शौचालय निर्माण (२ स्थानमा)

सुन्दर नमुना सामुदायिक भवन निर्माण

नन्दपुर खानेपानीका लागि पट्नालीमा डिप बोरिङसहित खानेपानी ट्याङ्की निर्माण (करिब ६० लाख लागत)

ढल व्यवस्थापन विस्तार तथा सुधार


३) धार्मिक तथा सामुदायिक संरचना : पट्नालीमा सन्तानेश्वर शिव मन्दिर निर्माण


४) शिक्षा तथा पुस्तकालय विकास


५) सुनौलो सामुदायिक पुस्तकालय स्थापना


६) विद्यार्थी उत्प्रेरण कार्यक्रम अन्तर्गत ५ वटा सामुदायिक विद्यालयका कक्षा १–५ सम्मका विद्यार्थीलाई पोशाक वितरण


७) श्री पञ्चकन्या मावि धरान–१७ मा +२ सञ्चालनमा सक्रिय भूमिका


८) धरान–१७ का सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–विद्यार्थीलाई काठमाडौं प्रतिनिधि सभा अवलोकन भ्रमण


९) स्वास्थ्य तथा सामाजिक क्षेत्र

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र निर्माण (धरान उपमहानगरपालिकामा एकमात्र)

जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमण कार्यक्रम

धरान–१७ विजुवा मार्ग निवासी एकल तथा दलित महिला जानुका विश्वकर्माको घर निर्माण

कोभिड–१९ का बेला सचेत नागरिक समाज धरान–१७ सँग सहकार्यमा खाद्यान्न वितरण

खाना वितरण (४६ दिनसम्म दैनिक ३५० जनालाई खाना वितरण)

क्वारेन्टाइन व्यवस्थापन


१०) खेलकुद विकासमा योगदान

गोधुली क्लबद्वारा आयोजित वडा स्तरीय प्रतियोगितामा आयोजक भई योगदान

होराइजन क्लबको राष्ट्रिय बास्केटबल प्रतियोगितामा आयोजकको रूपमा भूमिका

नमस्ते युवा क्लब, रेल्वे युवा क्लब, सिङ्मी युवा क्लब, पट्नाली फुटबल क्लबद्वारा आयोजित चोक स्तरीय फुटबल प्रतियोगितामा सहयोग र विकासमा योगदान


११) सुशासन तथा पारदर्शिता

दोस्रो कार्यकाल (०८० साउन) मा सेवा सुविधा नलिई राजश्व कोषमा जम्मा

पारदर्शिता, सामाजिक उत्तरदायित्व र सहकार्यमा जोड

......