धरान, चैत्र २१ गते । धरान प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिता–२०८२ मा धरान मेघा हिमालयन कलेजकी छात्रा सन्जिना राई प्रथम घोषित भएकी छिन् ।
¥याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजनामा शनिबार धरानमा सम्पन्न प्रतियोगितामा धरानका विभिन्न प्लस टु का १८ जना विद्यार्थीहरूलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । सहिद स्मृति मा.वि.की झरना राई फस्ट रनरअप र पब्लिक हाईस्कुलकी गुन्जन लुइँटेल सेकेन्ड रनरअप बनेकी छन् । डिपोट सेकेन्डरी स्कुलकी क्यासी राई पनि सेकेन्ड रनर अप घोषित भइन् ।
प्रतियोगिताको शीर्षक ‘जेन्जी आन्दोलनः परिवर्तनको आशा कि क्षणिक आक्रोश ?’ रहेको थियो । प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका विशेष अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा रोटरी क्लब अफ घोपा धरानका अध्यक्ष ईश्वर ताम्राकार, अतिथीहरु रोटरी क्लब अफ घोपा धरानका निवर्तमान अध्यक्ष गौरवमान श्रेष्ठ, च्याम्पियन सेकेन्डरी स्कुलकी प्रिन्सिपल नाजु सुबेदीद्वारा अबिर, खादा सहित प्रमाणपत्र प्रदान गरिएको थियो । नगद पुरस्कार भने आगामी चैत्र २४ गते प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएका छन् ।
प्रतियोगिताको मूल्याङ्कन अध्यापक जेपी काफ्ले तथा शिक्षिका एवं समाजसेवी सुस्मिता लिम्बूले गरेका थिए । .............




















